images
images

शनिवार, जेठ ५ गते २०८१

नेपाल वादोरियो कराँते संघद्वारा विभिन्न जिल्लामा समिति विस्तार 

नेपाल वादोरियो कराँते संघद्वारा विभिन्न जिल्लामा समिति विस्तार 

images
images
images
आइतवार, माघ २९ २०७९
आइतवार, माघ २९ २०७९
  • नेपाल वादोरियो कराँते संघद्वारा विभिन्न जिल्लामा समिति विस्तार 

    भैरहवा, २९ माघ ।
    नेपाल वादोेरियो करांते डो संघले लुम्बिनी प्रदेशका विभिन्न पाँच जिल्लामा आफ्नो जिल्ला कार्यसमिति गठन गरेको छ । रुपन्देही र कपिलवस्तु जिल्लामा यसअघि नै कार्यसमिति गठन गरेको संघले पाल्पा, अर्घाखांची र नवलपरासीमा पनि नयाँ नेतृतव चयन गरेको हो । जसअन्तर्गत पाल्पामा दिनेश गन्दर्भको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण भण्डारी, सचिवमा दिपक पोख्रेल र कोषाध्यक्षमा विष्णु थापा रहेका छन् । त्यस्तै सदस्यमा बबि थापा, मनिष रावल, विमल लामिछाने, प्रमोद कार्की र विधान शाक्यलाई चयन गरेको संघका प्रमुख प्रशिक्षक मोहमद अलिले जानकारी दिए ।

    images
    images
    images

    त्यस्तै संघको नवलपरासी जिल्ला कार्यसमितिको अध्यक्षमा दीपक बहादुर खड्का निर्वाचित भएका छन् । संघ जिल्ला कार्यसमितिको उपाध्यक्षमा इन्दिरा श्रेष्ठ, सचिवमा सुवास गिरी, कोषाध्यक्षमा आशिष दवाडी, सदस्यमा सुनम दर्लामी मगर, शितल श्रेष्ठ र सुरज पराजुली चयन भएका छन् ।

    त्यसै गरी संघले अर्घाखाँचीमा विराट पौडेलको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको छ । जसको अपाध्यक्षमा अशोक भुसाल, सचिवमा राजन पन्थी, कोषाध्यक्षमा रविन पन्थी, सदस्यमा रमेश आचार्य, दीपक भुसाल, लालमणि आचार्य, केशव पाण्डे र सीता जिसीलाई चयन गरेको छ । कार्यक्रममा सबै जिल्लाहरुमा जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि तथा संघका केन्द्रिय पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो । संघको लुम्बिनी प्रदेशस्तरीय भेला निकट भविष्यमा आयोजना गरिने संघका प्रशिक्षक अलिले जनाए । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij