images

शुक्रवार, बैशाख १४ गते २०८१

दोस्रो नृत्य दिवस लुम्बिनी प्रदेशमा हुने

दोस्रो नृत्य दिवस लुम्बिनी प्रदेशमा हुने

images
images
images
आइतवार, माघ २९ २०७९
आइतवार, माघ २९ २०७९
  • दोस्रो नृत्य दिवस लुम्बिनी प्रदेशमा हुने

    बुटवल, २९ माघ ।
    दोस्रो राष्ट्रिय नृत्य दिवस २०७९ लुम्बिनी प्रदेशमा विविध कार्यक्रम गरी मनाइने भएको छ । ‘नृत्य हाम्रो अभियान कला र संस्कृतिको पहिचान’ नारासहित स्थापना भएको नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा फागुन ४ देखि ६ गतेसम्म ३ दिन बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवलमा रक्तदान, जुमा नृत्य, साँस्कृतिक नृत्य तथा सम्मान कार्यक्रम गरी मनाइने प्रदेशका उपाध्यक्ष सुन्दर गुरुङले बताए । 

    images

    बुटवल उपमहानगरपालिका आदिवासी जनजाती महासंघ, जिल्ला समन्वय परिषद रुपन्देही, तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला समिति रुपन्देही र चलचित्र पत्रकार संघ रुपन्देहीको सहयोग रहेको छ । कार्यक्रममा १३ लाख खर्च हुने अनुमान आयोजकको छ । 

    कार्यक्रममा संघका सल्लाहकार मनिष पन्तले लामो समयदेखिको तयारी गरी भव्य कार्यक्रम गर्न लागेको बताए । करिब ६ महिनाअघिबाट लुम्बिनी डान्स आईकनबाट तयारी सुरु गरेको उनले बताए । प्रत्येक जिल्लाबाट १० जनाको टीम आवश्यक तयारीमा लागेर नृत्य प्रदर्शन गरिने उनले बताए । कार्यक्रमको मुख्य आकर्षकको रुपमा नेपालका नाट्य शिरोमणि भैरव बहादुर थापालाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए । 

    कार्यक्रममा प्रदेश उपाध्यक्ष मीना बुढाथोकीले साँस्कृतिक नृत्य संरक्षणमा अघि बढेको भए पनि सरकारबाट सहयोग नपाइएको दुःखेसो गरिन् । नेपालका नृत्य शिरोमणि ९१ वर्षिय भैरव बहादुर थापाको जन्म दिवस फागुन ६ गतेलाई नेपालमा आधिकारिक नृत्य दिवसको घोषणा हुनुपर्ने माग सरकारमा राखेको बताइन् । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष मोहन न्यौपाने, संघका नगर सचिव माईकल दर्लामीले व्यवसायिक कला क्षेत्रको विकासमा सरकारको भूमिका रहनुपर्ने बताए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij