२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले लिए सपथ

शुक्रवार , माघ २७, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • धनगढी, २७ माघ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

    संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा हिजाे मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    गत २७ पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावल हिजो पदमुक्त भएका थिए । उन्मुक्ति पार्टीले विश्वासको मत नदिए पछि प्रदेश सभालाई सम्वोधन गर्दै राजिनामा मुख्यमन्त्री रावलले राजिनामा दिए पछि कांग्रेस संसदीय दलका नेता घिमिरेले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

    मुख्यमन्त्री शाहले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने जनाएका छन् ।