
शुक्रवार , माघ २७, २०७९
काठमाडौं, २७ माघ ।
आगामी १४–२१ फ्रेबुअरीमा हुने ‘नेपाल–नामिबिया–स्कटल्याण्ड थ्री सिरिज’मा नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछानेले पनि सहभागीता जनाउने भएका छन् ।
नाबालिग बालिका बलात्कारको आरोपमा मुदा खेपेर हालै थुनामुक्त भएका लामिछानेले रोहित पौडेलको कप्तानीमा ‘आईसीसी म्यान क्रिकेट वल्र्ड कप लिग–२’ मा सहभागीता जनाउन लागेको हुन ।
नेपाल क्रिकेट संघले बुधवार अबेर उक्त खेलमा सहभागी हुने खेलाडीको सुची सार्वजनिक गर्दा लामिछाने पनि समावेश गरेको हो । जसअनुसार कुशल भुर्तेलको कप्तानीमा सोमपाल कामी, करण केसी, आशिफ शेख, ललित राजबंशी, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, कुशल मल्ल, गुल्शन झा, दिपेन्द्रसिह ऐरी, भिम सार्की, सन्दिप जोरा, सुर्य तामाङसहितको नेपाली टोली सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिकाअनुसार नेपालले फागुन २ र ६ मा नामिबिया तथा फागुन पाँच र ९ मा स्कटल्यान्डसँग खेल्नेछ । त्यसै गरी स्कटल्यान्ड र नामिबियाले फागुन ३ र ८ मा प्रतिष्पर्धा गर्नेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij