२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

राष्ट्रपति भण्डारीद्वारा २८ माघमा रात्रिभोजको आयोजना

बिहिवार , माघ २६, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, २६ माघ

    राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोज आयोजना गर्ने भएकी छिन्। राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शितल निवासमा रात्रीभोजको आयोजना गर्ने भएकी हुन ।

    संघीय संसदका सांसद्‍हरुलाई भण्डारीले भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो दिएकाे जनता समाजवादी पाटी नेपालका सांसद राजकिशाेर यादवले जानकारी दिए । 

    राष्ट्रपतिले आयोजना गर्ने उत्त रात्रि भाेजमा जमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, संबैधानिक निकायका उचच अधिकारी कुटनीतिक नियाेगका प्रमुखहरु उपस्थित हुनेछन् ।

    आगामी २७ गते संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुलाई संयुक्त सम्बोधन गरेको भोलीपल्ट राष्ट्रपति भण्डारीले रात्रीभोजको आयोजना गर्न लागेकी हुन ।

    नेपालको संविधानले दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने जनाएपछि यसलाई बिदाई भोजको रुपमा हेरिएको छ ।

    निर्वाचन आयोगले २८ फागुनमा राष्ट्रपति निर्वाचनको घोषणा गरिसकेको छ । जसअनुसार मुलुकले राष्ट्रपतिमा तेस्रो नयाँ अनुहार पाउनेछ ।