२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार केसीलाई 

बुधवार , माघ २५, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • बुटवल, २५ माघ । 
    नेपाल पत्रकार महासंघ रुपन्देहीले रुपन्देही उद्योग संघसँग सहकार्य गरी स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०७८ बाट शेरबहादुर केसी पुरस्कृत हुने भएका छन् । 

    नेपाल पत्रकार महासंघ रुपन्देहीको मंगलबार बसेको सचिवालय बैठकले उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार मूल्यांकन समितिले केसीलाई छनौट गरेकोमा अनुमोदन गर्ने निर्णय गरेको हो ।

    पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष समेत रहेका केसी लुम्बिनी दैनिकका सम्पादक हुन् । महासंघले पूर्वअध्यक्ष एंव सल्लाहकार डा. बालकृष्ण चापागाईको संयोजकत्वमा पत्रकार दामोदर खनाल र रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बाबुराम बोहोरा सदस्य रहेको मूल्यांकन समिति गठन गरेको थियो ।