बुधवार , माघ २५, २०७९
बुटवल, २५ माघ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको नेतृत्वमा गठित फ्रि मिडिया नेटवर्कमा पत्रकारिताको पछिल्लो अवस्थाका बारेमा बुधबार छलफल भएको छ । उक्त छलफलमा अन्यत्र भन्दा रुपन्देहीको पत्रकारिता जिम्मेवार र सन्तुलित रहेको निष्र्कषसहित नागरिकलाई सही सूचना सम्पे्रषण गर्नुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले तुलानात्मक रुपमा रुपन्देहीका सञ्चारकर्मीहरु जिम्मेवार र सन्तुलित रहेको बताए । उनले पत्रकारिताले नै मानिसहरुको धारणा निर्माण गर्ने भएकाले अत्यन्तै जिम्मेवार र संवेदनशिल हुनुपर्ने बताए । उनले लुम्बिनीमा रामकथाको विषयमा रुपन्देहीका पत्रकारहरुले साम्प्रदायिक हिंसा भडकन नदिन राम्रो भूमिका खेलेकोमा धन्यवाद दिए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख सोमनाथ सुवेदी, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष एंव सल्लाहकार डा. बालकृष्ण चापागाई, सल्लाहकार दिनेश पाण्डे, बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष नरिश्वर पौडेल, रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरे, नेपाल प्रेस यूनियन रुपन्देहीकी सभापति रेखा भुसाल, प्रेस चौतारी नेपाल, रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका उपसभापति कपिल ज्ञवाली, क्रियाशिल महिला पत्रकार संघका अध्यक्ष कल्पना तिवारी, उद्योग बाणिज्य संघका सदस्य जमुना पोख्रेलले बोल्दै समाजलाई सही दिशामा हिंडाउने गरी सूचना सम्प्रेषण गर्नुपर्ने बताए ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता तथा नेटवर्कका संयोजक सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij