
बुधवार , माघ २५, २०७९
अर्घाखाँची, २५ माघ ।
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा शुरु भएको पाँचौं अर्घाखाँची महोत्सव करिब पाँच करोडको कारोवार गर्दै सम्पन्न भएको छ ।
अर्घाखाँची उद्योग बाणिज्य संघ र अर्घाखाँची चेम्वर अफ कमर्सको संयुक्त आयोजनामा माघ ११ गतेदेखि संचालन भएको महोत्सव साेमबार सकिएकाे हाे । समापन कार्यक्रममा मन्तव्य राख्दै लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले मेला महोत्सवहरुले स्थानीय प्रतिभाको पहिचानसहित आर्थिक चलायमान हुने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij