२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

पेट्रोल र डिजलमा ३ रुपैयाँ बढ्यो

मंगलवार , माघ २४, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, २४ माघ । 
    गत राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ बढेको छ ।नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । आयल निगमले जारी गरेको सूचना अनुसार अबदेखि नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रुपैयाँ पुुगेको छ । 

    निगमका अनुसार खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको राखिएको छ । जसअनुसार ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १७० रुपैयाँ रहेको छ ।

    इण्डियन आयल कर्पाेरेशन (आईओसी)ले गत १ फेबु्रअरीमा पठाएको मूल्यअनुसार डिजेल पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ मूल्यवृद्धि भएर आएको थियो तर निगमले भने हाललाई ३ रुपैयाँ मात्रै बढाएको छ । आईओसीले मुल्यवृद्धि भएको सूची पठाएपछि निगमले सोहीअनुसार स्थानीय बजारमा मूल्यवृद्धि गर्नुपरेको निगमको भनाइ छ । 

    पेट्रोलियम पदार्थ खरिद गरेवापत आईओसीलाई १६ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गर्नुपरेको र साथै, उपभोक्तालाई सहज आपूर्ति गर्न मूल्य बढाउनुपरेको निगमको भनाइ छ । 

    आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । सोहीअनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गर्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको छ ।