२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

लुम्बिनीमा हुने रामकथा प्रवचनको तयारी पूरा

सोमवार , माघ २३, २०७९

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा, २३ माघ । बुद्ध जन्मस्थल लुम्बिनीमा माघ २४ देखि फागुन ३ गतेसम्म हुन लागेको रामकथा प्रवचन कार्यक्रमको तयारी पूरा भएको छ । भोलि (मंगलबार) देखि हुने राम कथा प्रवचन कार्यक्रमका लागि भारतका सुप्रसिद्ध रामकथा वाचक मोरारी बापू सोमबार रुपन्देही आइपुगेका छन् ।

    श्री रामकथा प्रेम यज्ञ समिति, लुम्बिनीको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्र सभा हलमा राम कथा प्रवचन हुँदैछ ।

    कथा कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायत सीमावर्ती भारतीय शहर तथा गाउँहरुबाट समेत कथा श्रवणका लागि सर्वसाधारणहरुलाई निमन्त्रणा गरिएको छ । कार्यक्रममा आधा बढी पहिलोपटक लुम्बिनीमा प्रवचन सुन्नका लागि आउने आयोजकको दावी छ । यो कार्यक्रमले लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।