२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

तिलोत्तमा पुरुष डबल भेट्रान्स व्याडमिनटन प्रतियोगिताको उपाधी गुरुङ र रानालाई

आइतवार , माघ २२, २०७९

रुपन्देही २२ माघ । प्रथम तिलोत्तमा पुरुष डबल भेट्रान्स व्याडमिनटन प्रतियोगिताको उपाधी शंकरनगर व्याडमिन्टन क्लवले जितेको छ । क्लवका सुरज गुरुङ र पुरन रानाले प्रतियोगिताको उपाधि जित्दै प्रथम भएका हुन् ।

तिलोत्तमा नगरपालिकाको आयोजना तथा मधवलिया व्याडमिन्टन क्लवको व्यवस्थापनमा भएको प्रतियोगिताको दोश्रो स्थानमा मधवलिया व्याडमिन्टन क्लवका होम बहादुर गुरुङ र बलराम पन्थी भएका छन् । 

प्रतियोगितामा मधवलिया व्याडमिन्टन क्लवका केशव सिंह चौधरी र अर्जुन सेन ठकुरी तथा बोईया व्याडमिन्टन क्लवका प्रकाश थापा र चेत बहादुर बलाल तृतिय भएको खेल संयोजक होमबहादुर गुरुङले जानकारी दिए । 

3.jpg

प्रतियोगिताका बिजयी तथा उपबिजयी खेलाडीलाई सशस्त्र प्रहरी बल लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) बिदुर खड्का र क्लवका शंरक्षक बसन्त रोक्का क्षेत्रीले नगद तथा ट्रफि प्रदान गरेका छन् । 

1.jpg

उनले अहिलेको व्यस्त समयमा खेलको महत्व झनै बढ्दै गएको र ४५ बर्ष माथिका युवाहरुलाई स्वस्थ राख्नका लागि व्याडमिन्टन प्रतियोगिताले ठुलो टेवा पु¥याएको बताए । 

प्रतियोगितामा नगर भित्रका १६ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा ४५ बर्ष माथिका युवाहरुलाई व्याडमिन्टन प्रतियोगितामा सहभागि बनाउन तथा उनीहरुको सम्मानको लागि प्रतियोगिताको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । 

प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार, द्धतियले १५ हजार र तृतियले समान ५÷५ हजार र ट्रफि प्राप्त गरेका छन् ।