images

शनिवार, बैशाख २२ गते २०८१

लुम्बिनी प्रेस क्लबका नवनिर्वाचित कार्यसमितिलाई स्वागत

लुम्बिनी प्रेस क्लबका नवनिर्वाचित कार्यसमितिलाई स्वागत

images
images
images
आइतवार, माघ २२ २०७९
आइतवार, माघ २२ २०७९
  • लुम्बिनी प्रेस क्लबका नवनिर्वाचित कार्यसमितिलाई स्वागत

    भैरहवा, २२ माघ ।
    लुम्बिनी प्रेस क्लब, रुपन्देहीका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको स्वागत एवं परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार भैरहवामा स्वागत तथा परिचयात्मक कार्यक्रम गरेको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष डी.बी. थापाले सहकारी संस्था र सञ्चार क्षेत्रबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए । उनले लुम्बिनी प्रेस क्लबको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले भने, ‘आस्था विकास बचत तथा ऋण सहकारी संस्थाले भैरहवामा सेवा केन्द्र स्थापना गरिसकेको छ ।’

    ओमसतिया गाउँपालिका वडा नम्बर १ स्थित कटैयामा केन्द्रीय कार्यालय रहेको यो सहकारी संस्थाको ठुटीपीपल, कोटिहवा र भैरहवा गरी ३ वटा सेवा केन्द्र रहेको अध्यक्ष थापाले जानकारी दिए । २०७९ पुस मसान्तसम्म संस्थाको शेयर पुंजी रु. ७ करोड ५८ लाख ७४ हजार, बचत/निक्षेप रु. ५४ करोड ७५ लाख ९८ हजार र कर्जा लगानी रु. ५८ करोड ९१ लख ३६ हजार रहेको उनले बताए । सहकारीमा हाल ६ हजार २ सय ३७ जना शेयर सदस्य रहेको उनले जानकारी दिए ।

    त्यस्तै लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थासँग क्लबले सहकार्य गर्दै अघि बढ्ने बताइन् । उनले सहकारीले सञ्चारकर्मीसँग सहकार्य गर्दै आएको र विभिन्न कार्यक्रमहरुमा सहभागीता गराउँदै आएको बताइन् । उनले भनिन्, क्‘लब र सहकारीबीच सम्बन्ध अझ प्रगाढ बन्दै गएको छ ।’

    सहकारीका मुख्य प्रबन्धक लक्ष्मण कुमार थापाले केही आयातित सहकारीका कारण सर्वसाधारण मारमा परेको बताए । उनले सहकारी समुदायमा आधारित छ कि छैन भन्ने कुरा बुझ्न आवश्यक रहेको बताए । उनले भने, ‘बढी ब्याज पाउने लोभमा लाग्नुहुँदैन ।’

    टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डी.बी. थापाको अध्यक्षता, लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माको प्रमुख आतिथ्यता, सहकारीका उपाध्यक्ष परसुराम बाँस्तोलाको स्वागत, मुख्य प्रबन्धक लक्ष्मण कुमार थापाको धन्यवाद ज्ञापन तथा प्रेस सल्लाहकार मनोरञ्जन शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij