२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

जन्मदिनमा सूर्यज्योतिको ‘आजीवन बीमा’ पोलीसी उपहार

शनिवार , माघ २१, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, २१ माघ । 
    आफ्नी छोरीको ३१ औं जन्मदिनको अवसरमा आमाले १५ लाखको बीमालेख (पोलीसी) उपहार प्रदान गरेकी छन् । रुपन्देहीको भैरहवा निवासी सुनिता आलेले छोरी शितल आलेको जन्मदिनको अवसरमा १५ लाखको बीमालेख उपहार दिएकी हुन् ।

    सुनिताले शितललाई सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ‘सूर्यज्योति आजीवन बीमा योजना’ अन्तर्गत बीमालेख उपहार दिएकी हुन् । सुनिताले भनिन्,‘ जन्मदिनमा फजूल खर्च गर्नु भन्दा बीमालेख उपहार दिने निर्णयमा पुगे, बीमाले छोरीलाई भविष्यमा पनि अवश्य नै सहयोग गर्नेछ ।’

    बीमालेख (पोलिसी) शुक्रबार सुनिताको घरमै पुगेर सूर्यज्योति लाइफ इन्स्योरेन्स मर्चवार शाखा प्रमुख पार्वता भुसाल, शाखाका कर्मचारी हरिशचन्द्र यादव, एजेन्सी म्यानेजर माधव शर्माले हस्तान्तरण गरेका थिए ।

    सो अवसरमा बोल्दै मर्चवार शाखा प्रमुख भुसालले पछिल्लो समय जीवन बीमालाई आम जनताको दैनिकीसँग जोड्दै जन्मदिन, विवाह, ब्रतबन्ध, वैवाहिक वर्षगांठमा जीवन बीमा पोलीसी उपहारका रुपमा दिने चलन बढ्दै गएको छ ।