२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

तिलोत्तमामा पुरुष डबल भेट्रान्स व्याडमिनटन प्रतियोगिता शुरु

शनिवार , माघ २१, २०७९

रुपन्देही २१ माघ । प्रथम तिलोत्तमा पुरुष डबल भेट्रान्स व्याडमिनटन प्रतियोगिता शुरु भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजना तथा मधवलिया व्याडमिन्टन क्लवको व्यवस्थापनमा प्रतियोगिता शुरु भएको हो । 

प्रतियोगितामा नगर भित्रका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको नगरपालिकाकी उपप्रमुख जागेश्वरदेवि चौधरीले उद्घाटन गरिन ।  ४५ बर्ष माथिका युवाहरुलाई व्याडमिन्टन प्रतियोगितामा सहभागि बनाउन तथा उनीहरुको सम्मानको लागि प्रतियोगिताको आयोजना गरिएको उपप्रमुख चौधरीले उल्लेख गरिन ।

उनले ४०/४५ बर्ष मुनिका युवाहरु मात्रै खेल प्रतियोगितामा हुन्छन् भन्ने धारणाको अन्त गर्नुका साथै ४५ बर्ष माथिका व्यक्तिलाई खेल क्षेत्रमा सहभागिता बढाउनका लागि प्रतियोगिताले महत्वपुणर् योगदान पुर्‍याउने बताईन ।  

B1.jpg

प्रतियोगितामा बिजय टिमलाई पुरस्कार स्वरुप नगद तथा ट्रफिको व्यवस्थापन गरिएको क्लवका अध्यक्ष केशवसिंह चौधरीले जानकारी दिए । उनले प्रथम हुने टिमलाई २५ हजार, द्धतियलाई १५ हजार र तृतियलाई १० हजार सहित ट्रफि पाउने बताए ।  

b3.jpg

क्लवले उक्त प्रतियोगितालाई नियमित रुपमा सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष चौधरीले उल्लेख गरे । रक्षा सिंहले सञ्चालन गर्नु भएको खेल कार्यक्रमको संयोजन होमकुमार गुरुङले गरेका थिए ।