२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

हेभेन्ली गार्डेनमा जारी खेल सप्ताह सम्पन्न 

शुक्रवार , माघ २०, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा । हेलेन्ली गार्डेन किड्स क्याम्पस प्राली भैरहवाको आयोजनामा भएको खेल सप्ताह सम्पन्न भएको छ । 

    गत माघ १५ गतेदेखि शुरुभएको खेल सप्ताह आज शुक्रबार सम्पन्न भएको छ । हेभेन्लीले खेल सप्ताह अन्तरगत तेक्वान्दो, कपर्दी, खो खो, दौड, स्किपिङ लगाएतका खेल भएका थिए । खेल सप्ताहमा प्ले गु्रपदेखि कक्षा ५ सम्मका बिद्यार्थीले भाग लिएका थिए । 

    समापन समारोह तथा पुरस्कार बितरण कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईश्तियाक अहमद खाँले बिद्यार्थीको सर्वाङणिड बिकासका लागि खेल सप्ताहले महत्वपुर्ण योगदान दिएको बताए । प्रमुख खाँले बालबालिकालाई अनुशासित बनाउदै शिक्षण सिकाईसंगै खेलकुदमा पनि उत्तिकै मात्रामा अगाडि बढाउनु पर्नेमा जोड दिए । 

    खेल सप्ताहमा प्रथम, द्धतिय, तृतिय र सान्त्वना भएका खेलाडिहरुलाई पुरस्कार तथा मेडलहरु प्रदान गरिएको थियो । बिद्यालयकी प्रिन्सीपल रचना क्षेत्रीको सभापतित्व तथा शिक्षिका मोनिका क्षेत्रिको सञ्चालनमा भएको कार्यक्रममा तेक्वान्दो प्रशिक्षक कोशिष खड्का, एसोएस बालग्रामका निर्देशक गोविन्द ढकाल लगाएतले बोल्दै बालबालिकालाई मस्तिष्कको सकारात्मक बिकासका लागि खेल खेलाउनु अपरिहार्य रहेकोमा जोड दिए । 

    प्रिन्सीपल क्षेत्रीले हेभेन्ली गार्डेनले बिद्यार्थीहरुको चौतर्फि बिकासमा ध्यान दिदै खेल क्षेत्रमा लगानी बढाउदै लगेको बताईन । उनले हेभेन्लीका बिद्यार्थीहरु तेक्वान्दो खेल खेल्नका लागि कोरिया, मलेसिया लगाएतका देशमा गएर नेपाल देशलाई बिश्वमाझ चिनाउन ठुलो टेवा पु¥याएको बताईन ।