२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

देशमा क्रिश्चियानिटी बढेको भन्दै कानुन बनाएर रोक्न संसदमा माग

बुधवार , माघ १८, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, १८ माघ । नेकपा एमालेका सांसद रघुजी पन्तले देशमा जबरजस्ती क्रिश्चियानिटीको घटना बढेको भन्दै रोक्न माग गरेका छन् । 

    प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोलेका पन्तले जबरजस्ती धर्म परिर्वतन गराएर देशलाई क्रिश्चियानिटी बनाउन खोजेकाले यसलाई रोक्नुपर्ने माग गरेका हुन् । 

    जबरजस्ती धर्म परिवर्तन रोक्न अहिलेको कानुन पर्याप्त नभए कानुन बनाएर भए पनि रोक्नुपर्ने बताएका उनले कुनै पनि धर्म र जातका विषयमा हुने विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए । 

    साथै सांसद पन्तले संसद बैठकमा प्रधानमन्त्री र प्रमुख मन्त्रीहरुको उपस्थिति हुनुपर्नेमा जोड दिए ।

    उनले संसदको बैठकको सुरुमा प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थिति हुनुपर्नेमा बताएका हुन् । सांसदहरुले बैठकमा उठाएका विषयलाई सरकारले सुन्नुपर्ने उनको माग छ ।