images

शनिवार, बैशाख २२ गते २०८१

त्रिवेणी बिद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवसमा बिबिध कार्यक्रम 

त्रिवेणी बिद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवसमा बिबिध कार्यक्रम 

images
images
images
मंगलवार, माघ १७ २०७९
मंगलवार, माघ १७ २०७९
  • त्रिवेणी बिद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवसमा बिबिध कार्यक्रम 

    भैरहवा । रुपन्देहीको सियारी ७ मा रहेको श्री त्रिवेणी आधारभुत बिद्यालयको १८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस बिबिध कार्यक्रम गरी मनाईएको छ। 

    images
    images
    images

    बार्षिकोत्सव तथा अभिभावक दिवसको अबसरमा औपचारिक कार्यक्रमको आयोजना गर्नुका साथै शैक्षिक सामाग्रि तथा प्रबृधिको प्रर्दशनीको समेत गरिएको छ। कार्यक्रममा कथा, कविता वाचन गर्नुका साथै नृत्य प्रस्तुत गरिएको थियो भने बिद्यार्थी, सस्थापक तथा दाताहरुलाई सम्मान गरिएको थियो।

    IMG_8528.JPG

     
    बार्षिकोत्सव कार्यक्रमको अबसरमा बोल्दै लुम्बिनी प्रदेशका पुर्व शिक्षा तथा खेलकुद मन्त्री एवम् प्रदेश सभा सदस्य वसिउद्धिन खाँले शिक्षाको बिकासका लागि आफुले आबश्यक सहयोग र समन्वय गर्ने बताएका छन् । उनले सरकारी बिद्यालयको शैक्षिक स्तर उकास्नका लागि प्रदेश सरकारसंग समन्वय गरेर अगाडि बढ्नेमा जोड दिए । उनले त्रिबेणी आधारभुत बिद्यालयले छोटो समयमा उल्लेख्य शैक्षिक सुधार गरेको उल्लेख गर्दै नमुना बिद्यालयको रुपमा बिकास गर्न आग्रह गरे । 

    सो अबसरमा बोल्दै सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले सियारीको शिक्षा क्षेत्रको गुणस्तर बृद्धिका लागि पालिकाले आबश्यक नीति र कार्यक्रम बनाउदै अगाडि बढ्ने बताए । उनले शिक्षाको बिकास पछि मात्रै समग्र क्षेत्रको बिकास सम्भव रहेको उल्लेख गर्दै गुणस्तरीय र प्रबिधिमैत्रि शिक्षा प्रदान गर्नका लागि बिद्यालयलाई आग्रह गरे । 

    IMG_8517.JPG

    कार्यक्रममा पुर्व सांसद पुष्पा थरुनी, शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख दिपेन्द्र ढकाल, शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव मनोजकुमार गैरे, थानेश्वर ज्ञवाली, देवदह नगरपालिकाका उपसचिव टिकाराम शर्मा, पब्लिक माबिका प्रधानाध्यापक डिलाराम खनाल, कृष्ण प्रसाद चौधरी, जनता माविका ऋिषिराम घिमिरे लगाएतले बोल्दै बिद्यालयको उन्नयनका लागि आआफ्नो ठाउँबाट सहयोग पु¥याउने बताए । 

    कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक मथुराप्रसाद यादवले बिद्यालयको हालसम्मको गतिबिधिका बारेमा जानकारी गराएका थिए । उनले बिद्यालयमा हाल ३ सय बिद्यार्थी र १४ जना शिक्षक शिक्षिका कार्यरत रहेको बताए । कोभिड १९ पुर्व झण्डै ५ सय बिद्यार्थी रहेको बिद्यालयमा बिद्याथी संख्या घटेको उल्लेख गरे । बिद्यालयको समग्र बिकासका लागि तीनै तहका सरकारबाट आबश्यक सहयोगको अपेक्षा गरिएको उल्लेख गरे । 

    IMG_8535.JPG

    बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्ति प्रसाद थारुको अध्यक्षता, बिद्यालयका शिक्षक राजकुमार थारुको सञ्चालनमा भएको कार्यक्रममा सियारी गाउँपालिकाकी उपाध्यक्ष तारा थारु, शिक्षा शाखा प्रमुख सुधिर पौडेल, बिद्यालयका सल्लाहकार बिनोद कुमार शाहनी लगाएतले बोल्दै त्रिबेणी बिद्यालयले सैद्धान्तीक शिक्षाका साथै युग सुहाउदो प्राबिधिक शिक्षामा पनि फड्को मार्दै गएकोमा खुसी व्यक्त गरे । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij