images

शुक्रवार, बैशाख ७ गते २०८१

बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु

बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु

images
images
images
सोमवार, माघ १६ २०७९
सोमवार, माघ १६ २०७९
  • बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु

    बुटवल, १६ माघ । बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु भएको छ । बुटवल ११ बुद्धनगर तिनाउ पुलदेखि नहरपुर झोलुंगे पुलसम्मको सडक विस्तार तथा कालोपत्रे गर्ने कामको सोमबार शिलान्याश भएको हो ।

    images
    images
    images

    बुद्धनगरमा एक कार्यक्रमका बीच नगर प्रमुख खेलराज पाण्डेयले सडकको शिलान्यास गरे । सडकको शिलान्यास गर्दै प्रमुख पाण्डेयले बुद्धनगरदेखि नहरपुरसम्मको सडक विस्तारका क्रममा स्थानीयलाई साथमा लिएर काम अघि बढाउने बताए ।

    silanyas gardei .jpg

    उनले स्थानीयलाई लाभ हुने र पूर्वपश्चिम राजमार्गको तिनाउ पुल निर्माणको काम शुरु भएपछि वैकल्पिक सडकका रुपमा प्रयोग हुने गरी सडक विस्तार गर्न लागिएको बताए ।

    उनले स्थानीयको आवश्यकता र मागअनुसार सडक विस्तारको काम अघि बढाउने बताउँदै निर्माण व्यवसायीलाई साथ दिन आग्रह गरे ।

    कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले समयमै काम सम्पन्न गर्न स्थानीयले साथ दिनुपर्ने र नियमित रुपमा अनुगमन गर्ने बताइन ।

    प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवल उपमहानगरपालिकाका भित्री सडकहरुको स्तरोन्नति र निर्माणको काम शुरु भएको र यसले निरन्तरता पाउने बताए ।

    वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले स्थानीयको आवश्यकता र मागलाई सम्बोधन गर्दै सडक निर्माण शुरु भएको र स्थानीयले निर्माणमा साथ दिनुपर्ने बताए ।

    २ करोड ६० लाख ६५ हजार लागतमा ठेक्का सम्झौता भएको सडक आगामी जेठ १५ भित्र सम्पन्न गर्ने गरी थापा दास जेभी बुटवलले ठेक्का पाएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij