२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सोमवार , माघ १६, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, १६ माघ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र  (बालेन) साहले बागमती करिडोरमा रहेका सुकुम्बासी बस्ती हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहयोग मागेका छन् । 

    सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर मेयर साहले थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन सहयोग मागेका हुन् । 

    केही दिनअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई पनि भेटेर सहयोग मागेका साह सोमबार गृहमन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुकुम्बासी बस्ती हटाउन सहयोग मागेका हुन् । 

    केही महिनाअघि सुकुम्बासी बस्ती हटाउन पुगेका सुरक्षाकर्मीमाथि स्थानीय आक्रमणमा उत्रिएका थिए । त्यसयता मेयर साहले सरकारसँग सहयोग मागिरहेका छन् ।