२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री

सोमवार , माघ १६, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिदको सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । 

    सहिद दिवसको अवसरमा सोमबबार लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै  प्रधानमन्त्री प्रचण्डले सहिदको सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका हुन् । सहिदहरूको त्याग र बलिदानबाटै संघीय लोकतान्त्रिक गणतन्त्र आएको बताउँदै उनले सहिदहरूको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एकजुट हुनुपर्ने बताएका हुन् । 

    देशको र जनताको निम्ति प्राण आहुति गर्ने सहिदहरू अमर र अजर रहने भन्दै प्रधानमन्त्री प्रचण्डले माघ १६ गतेलाई औपचारिक समारोहमा मात्र सीमित गर्न नहुने बताए ।