images

शुक्रवार, चैत्र १६ गते २०८०

रवि लामिछाने लिए नागरिकताको प्रमाणपत्र

रवि लामिछाने लिए नागरिकताको प्रमाणपत्र

images
images
images
आइतवार, माघ १५ २०७९
आइतवार, माघ १५ २०७९
  • रवि लामिछाने लिए नागरिकताको प्रमाणपत्र

    काठमाडौं, १५ माघ । रवि लामिछानेले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकी नागरिकता परित्याग गरेको निस्सा बुझाएर उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । 

    images
    images
    images

    ‘उहाँले अमेरिकी नागरिकता परित्याग गरेको निस्सा बुझाएर नेपाली नागरिकताको प्रमाणपत्र आज लिनुभएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले जानकारी दिए । 

    अमेरिकी नागरिकता त्यागेपछि प्रक्रिया पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वाेच्च अदालतले लामिछानेको प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्री पद खारेज गरिदिएको थियो । साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए ।

    सर्वाेच्चको सोआदेशको भोलिपल्ट हिजो शनिबार परेको र आज आइतबार कार्यालय समय सुरु भएसँगै लामिछाने नागरिकता प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए । 
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij