२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

बढ्यो सुनको भाउ, चाँदीको घट्यो

आइतवार , माघ १५, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौं, १५ माघ । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ रहेको थियो ।

    यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

    आइतबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य घटेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।