images

शुक्रवार, चैत्र १६ गते २०८०

कर छुट गर्न पुनःप्रयोग योग्य वस्तु व्यवसायीको माग  

कर छुट गर्न पुनःप्रयोग योग्य वस्तु व्यवसायीको माग  

images
images
images
आइतवार, माघ १५ २०७९
आइतवार, माघ १५ २०७९
  • कर छुट गर्न पुनःप्रयोग योग्य वस्तु व्यवसायीको माग  

    बुटवल, १५ माघ ।
    पुनःप्रयोग योग्य वस्तु व्यवसायी संघमा आवद्व व्यवसायीले कर छुट गर्न सरकारसँग माग गरेका छन् । घरघरमा खेर गएका समान तथा वस्तुहरु संकलन गरेर उद्योगहरुलाई कच्चा पदार्थ पुराउने व्यवसायीलाई तिनै तहका सरकारले करमा छुट दिनुपर्ने बताए ।

    images
    images
    images

    नेपाल पुनः प्रयोग वस्तु व्यवसायी संघ रुपन्देहीको शनिबार बुटवलमा आयोजित पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रममा बोल्ने व्यवसायीले सरकारसँग कर छुटको माग गरेका हुन् ।

    कार्यक्रममा बोल्दै नेपाल पुनः प्रयोग वस्तु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष भगवती जैसवालले सरकारले कर छुट गरेर पुनः प्रयोग वस्तु व्यवसायीका व्यवसायलाई उद्योग सरहको मान्यता दिन माग गरे । उनले कचडा समानहरु खरिद गरी व्यवसाय सञ्चालन गरेको बताउँदै जग्गाको अभावले व्यवसाय संकटमा परेको गुनासो गरे । 

     उनले कचडा तथा कवाड समानहरु संकलन गरी गुजारा चलाउने व्यवसायीका पसलहरुमा वडा कार्यालयहरुले ताला लगाइदिने काम गरेको गुनासो गर्दै यस्तो ज्यादती नगर्न स्थानीय सरकारहरुलाई आग्रह गरे ।

    उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सबै पेशा व्यवसायलाई सहज हुने गरी उपमहानगरपालिकाले समान रुपमा सहयोग गर्ने प्रतिवद्वता जनाए । वैज्ञानिक रुपमा करको दायरा कायम गर्ने बताउँदै व्यवसाय सञ्चालनका लागि वैकल्पिक व्यवस्था मिलाउने मेयर पाण्डेयले बताए ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यज्ञ पंगेनी, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, गौरीशंकर गुप्ता, जवरलाल जैसवाल लगायतले बोल्दै तीनै तहका सरकारलाई व्यवसायीका हितमा काम गर्न आग्रह गरे ।

    नेपाल पुनः प्रयोग वस्तु व्यवसायी संघ रुपन्देहीमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन अधिकृत अर्जुन कार्कीले सपथग्रहण गराएका थिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij