२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

माओवादीको निर्णय- राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने

शुक्रवार , माघ १३, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, १३ माघ । सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोज्ने निर्णय गरेको छ ।

    कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा दुईदिन चलेको स्थायी समिति बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । 

    भावी राष्ट्रपतिको विषय सत्तारुढ दलभित्र संशय पैदा गरिरहेका बेला माओवादीले सो निर्णय गरेको हो । राष्ट्रपतिमा कांग्रेस र एमालेले आकांक्षा देखाइरहेका बेला माओवादीको निर्णय प्रतिक्षा बनेको थियो ।

    माओवादीको उक्त निर्णयले कांग्रेस र एमालेसँग मात्र राष्ट्रपतिको विषयमा सहमति नहुने प्रवक्ता महराको भनाइ छ । राष्ट्रपतिका विषयमा सबै राजनीति दलसँग छलफल गर्ने उनले जानकारी दिए । 

    एमालेसहितको सबै पार्टीहरूसँग आफूहरुले छलफल गर्ने बताए।