
शनिवार , पौष ११, २०७७
बुटवल, ११ पुस ।
बुटवलस्थित धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोविन्द खनालको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन गर्दै पुर्व राज्यमन्त्री एवं नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले मुलुकको आर्थिक विकासको महत्वपूर्ण हिस्सा आगटेको सहकारी क्षेत्रको विकास र प्रबद्र्धनमा सरकार गम्भिर नरहेको बताए ।
सहकारीका संस्थापक अध्यक्ष एवं कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले सहकारीको माध्यमबाट मुलुकको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने अवसर प्राप्त गर्न सकिने धारणा व्यक्त गरे । सहकारीका निवर्तमान अध्यक्ष हरिप्रसाद पन्थले सहकारीले खेल्नुपर्ने भुमिका र लगानीका अवसरहरुका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा सल्लाहकारहरु राधेश्याम राजभण्डारी, हरिबहादुर आचार्य क्षेत्री, उपाध्यक्ष नारायण अधिकारी, सचिव बेदप्रकाश खनाल, सदस्य राजेन्द्र न्यौपाने, रिता केसी लगायतले सहकारीका गतिविधिबारे प्रकाश पारेका थिए ।
वि.सं. २०५६ सालमा स्थापना भएको सो सहकारीको शेयर पुँजी २ करोड ९ लाख ६२ हजार ८ सय रहेको छ भने सदस्य संख्या १२ सय ७७ जना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसै गरी निक्षेपतर्फ ९ करोड ४७ लाख ३१ हजार ४ सय ३६ रहेको छ भने लगानीतर्फ ११ करोड ४१ लाख २४ हजार १ सय ७५ रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij