images

शुक्रवार, चैत्र १६ गते २०८०

बेलहियामा फुलवारी एकेडमीको सुभारम्भ

बेलहियामा फुलवारी एकेडमीको सुभारम्भ

images
images
images
बिहिवार, माघ १२ २०७९
बिहिवार, माघ १२ २०७९
  • बेलहियामा फुलवारी एकेडमीको सुभारम्भ

    भैरहवा । रुपन्देहीको सिद्धार्थनगर १ बेलहियामा लामो सयम शिक्षण पेशा र सामाजिक सेवामा क्रियाशिल तीन जना महिलाहरुले मन्टेश्वरी स्कुल सञ्चालनमा ल्याएका छन् । 

    images
    images
    images

    मन्टेश्वरीमार्फत पूर्ण बालमैत्री वातावरणमा पूर्वप्राथमिक तहको शिक्षा दिने योजना अनुसार स्कुल सञ्चालनमा ल्याईएको अध्यक्ष प्रकृति उप्रेतीले जानकारी दिईन । वेलहिया १ वाईपास रोडमा शिक्षा तथा सामाजिक क्षेत्रमा अग्रसर महिलाहरुको सहभागितामा फुलवारी एकेडमी नामक स्कुल सञ्चालनमा ल्याईएको हो । 

    327104073_1178531726105654_5109897837161452378_n.jpg

    बिगत लामो समय देखि शिक्षण पेशामा क्रियाशिल प्रतिमा तिमिल्सीना, सुमित्रा अर्याल र सामाजिक सेवामा क्रियाशिल प्रकृति उप्रतीको लगानीमा एकेडमी सञ्चालनमा आएको हो । 

    327518301_676768774133412_897143977447860843_n.jpg

    तिमिल्सीनाले अक्सफोर्ड मन्टेश्वरीमा र अर्यालले मारिया मन्टेश्वरीमा १२÷१२ बर्ष अध्यापन गराएका थिए । लामो समयसम्मको शिक्षण पेशा र मेन्टेश्वरी शिक्षण प्रद्धतिको अध्ययन पछि आफुहरुकै सक्रियतमा स्कुल सञ्चालन गरिएको प्रिन्सीपल प्रतिमा तिमिल्सीनाले जानकारी दिइन । 

    एकेडिमी बसन्त पञ्चमी अर्थात सरस्वती पुजाको अबसरमा सञ्चालनमा ल्याईएको हो । एकेडमिको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईश्तियाक अहमद खाँले सुभारम्भ गरेका थिए । सरस्वती पुजाको अबसरमा अक्षर आरम्भ गराईएको थियो । 

    327461689_656169712861200_4088808809499396164_n.jpg

    327084838_667778278364198_8719860122073042268_n.jpg

    सुभारम्भ भएको दिन आज ६ जना बालबालिका भर्ना भएको भ्वाईस प्रिन्सीपल सुमित्रा अर्यालले जानकारी दिईन । पुर्णतय मन्टेश्वरी पद्धतीबाट खेलाउदै, सिकाउदै बालबालिकालाई शिक्षण गर्ने बताईन । उनले गुणस्तरीय सिकाई सहितको शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढ्नेमा आफुहरु लागिपरेको बताईन । 

    327158052_890852968789717_4192519541886339433_n.jpg

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij