शुक्रवार, आश्विन ५ गते २०८०

पूर्वमन्त्री रज्जाकद्वारा जगदगुरुपीठ निर्माणका लागि रु. १० लाख दिने प्रतिवद्धता

पूर्वमन्त्री रज्जाकद्वारा जगदगुरुपीठ निर्माणका लागि रु. १० लाख दिने प्रतिवद्धता

images
images

खबर पात्रो

११, माघ २०७९
  • 1.3K
    SHARES
  • पूर्वमन्त्री रज्जाकद्वारा जगदगुरुपीठ निर्माणका लागि रु. १० लाख दिने प्रतिवद्धता

    भैरहवा, ११ माघ ।  
    रुपन्देहीको ओमसतिया गाँउपालिका–४ बसन्तपुरको डण्डा तट (ठूलो बालापुर) मा निर्माण हुँदै गरेको जगदगुरुपीठका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    धार्मिक कार्यबाट नेपाललाई विश्वमाझ पुर्याउने नेपालका प्रथम जगदगुरु बालसन्त मोहन शरण देवाचार्य महाराजले भैरहवामा जगदगुरुपीठ निर्माणको थालनी गरेकोमा आफूलाई खुसी लागेको बताउँदै पूर्वमन्त्री रज्जाकले व्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्ने बताए ।

    images
    images

    धार्मिक, साँस्कृतिक र वेदका आधारमा विश्व माझ नेपालमा कुम्भ मेला स्थापित गराउन सफल जगदगुरुले भैरहवामा जगदगुरु दक्षिणपीठको स्थापना गर्नु खुसीको विषय भएको भन्दै पूर्वमन्त्री रज्जाकले यस क्षेत्रको धार्मिक तथा साँस्कृतिक र पर्यटकीय विकासमा महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए ।

    भैरहवा पीठ स्थापनाका लागि यही माघ ४ देखि १२ गतेसम्म सञ्चालन भइरहेको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा बोल्दै पूर्वमन्त्री रज्जाकले संसदिय विकास कोषबाट रु. १० लाख र व्यक्तिगत रुपमा रु. ११ हजार नगद जगदगुरुपीठ निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    पुर्वमा चतराधाम बराहक्षेत्रमा प्रथम जगद्गुरुपीठ, दोस्रो शारदा पीठ महाकाली, तेस्रो निलाद्री पीठ मुक्तिनाथ क्षेत्र जोमसोम स्थापना भइसकेको  र चौथो भैरहवा पीठ स्थापना हुने चरणमा रहेको बताइएको छ । यो पीठ जगदगुरुको अन्तिम पीठ पनि भएको जगदगुरुको सूचना केन्द्रले जनाएको छ ।

    भैरहवा पीठ स्थापनाका लागि यही माघ ४ देखि १२ गतेसम्म पीठको निर्माणस्थल रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुर डण्डा नदीको  तटमा (वन कार्यालय अगाडि ) श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । 

    महायज्ञमा रेडियो नेपालका पूर्व निर्देशक एवं धार्मिक कार्यक्रमका ख्याति प्राप्त विद्धान आचार्य पुुरुषोत्तम सापकोटा र कथा प्र्रवचन एवं भागवताचार्य कथा व्यास डा. यादव शरण गड्तौलाका मुखारविन्दबाट पाठ-पारायण भइरहेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ । नेपालका प्रथम जगद्गुरु महाराजको सान्निध्यमा भएरहेको महायज्ञबाट संकलन हुने रकमबाट भैरहवा पीठ स्थापना गरिने भैरहवाबासीले बताएका छन् । 

    नेपालमा सडकमार्ग हुदै सवैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नाका भएकाले पनि यो पीठ निर्माणले पनि महत्वपूर्ण भुमिका खेल्ने जानकारहरु बताउँछन् । 

    पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, लुम्बिनी लगायत नेपालका धार्मिकस्थल दर्शन गर्न आउने लाखौ भारतीय भक्तजनलाई निःशुल्क आवास र खानाको सुविधासहित भैरहवा पीठ सञ्चालन हुने जनाइएको छ ।

    जगदगुरु दक्षिण पीठ निर्माणका लागि नेपालभरबाट भक्तजन भैरहवामा आउनुका साथै भारतको बानारण तथा अयोध्या लगायतका स्थानबाट समेत धर्मप्रेमी दर्शनार्थीहरु महायज्ञमा भागवत कथाको रसास्वादनका लागि भैरहवा आउनुभएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष विष्णु रायमाझीले जानकारी दिए ।

    जगदगुरुका चार पीठमध्ये अन्तिम पीठको रुपमा स्थापना हुन लागेको भैरहवा पीठ निर्माण लागि भैरहेको महायज्ञमा सम्पूर्ण धार्मिक तथा सामाजिक व्यक्तित्वहरुलाई भागवत कथाको रसास्वादनका लागि निमन्त्रण समेत गरिएको आयोजकले जनाएका छन् । 

    महायज्ञ सफल पार्नका लागि विभिन्न समिति तथा उपसमितिहरु गठन गरी परिचालन समेत गरिएको महायज्ञ मूल आयोजक समितिका उपाध्यक्ष तथा नवदुर्गा मन्दिरका अध्यक्ष लक्ष्मण पन्थीले जानकारी दिए । उनले जगदगुरुसँगको प्रत्यक्ष साक्षात्कार गर्न पाउनु भैरहवाबासीका लागि सुखद पक्ष भएको बताउदै सवै नेपालीहरुलाई जगदगुरु दक्षिण पीठ निर्माणका लागि सहयोगको आग्रह समेत गरेका छन् ।

    राष्ट्रिय भावनाबाट प्रेरित जगदगुरुका अभियानहरुले आध्यात्मिक, धार्मिक, सांस्कृतिक, शैक्षिक एवं खोजमुलक कार्यक्रमहरु भइरहेको देखिन्छ । जसअनुसार नेपालका चार क्षेत्रमा जगदगुरुका चार पीठमध्ये तीन पीठ स्थापना भइसकेको र चौथौ भैरहवा पीठ स्थापनाको अन्तिम चरणमा रहेको जगदगुरुको सचिवालयले जनाएको छ । 

    जननी जन्म भुमिश्च स्वर्गादपी गरीयसीलाई ह्रदयंगम गदै राष्ट्रिय भावनाको जागरणका निम्ति महाकाली नदी किनारामा अष्टधातु जडित नेपाल आमाको ७५ फिट अग्लो मूर्ति जगदगुरु महाराजश्रीको पहलमा निर्माण भइरहेको छ ।

    images
    प्रकाशित मिति :माघ ११, २०७९ बुधवार - ०८:५५:२९ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij