
शनिवार , पौष ११, २०७७
भैरहवा, ११ पुस ।
मदिरा व्यवसायी संघ रुपन्देहीले लुम्बिनीरोडमा अवस्थित सिद्धार्थ बालगृहमा खाद्यान्न सामाग्री वितरण गरेको छ । संघको १२ औं स्थापना दिवसको अवसर पारेर शनिबार बालगृहलाई खाद्यान्न सामाग्री प्रदान गरिएको कार्यक्रम संयोजक तथा मदिरा व्यवसायी संघ रुपन्देहीका कोषाध्यक्ष भागिरथ पाण्डेले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल मदिरा व्यवसायी महासंघका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद नेपालले संघले प्रत्येक वर्ष रचनात्मक सामाजिक कार्य गर्दै आएको बताए । उनले मदिरा व्यवसायी संघ व्यवसायिक संस्था भए पनि आवश्यकता अनुसार सामाजिक कार्य गर्दै आएको बताए ।
मदिरा व्यवसायी संघ रुपन्देहीका पूर्वअध्यक्ष तथा नेपाल मदिरा व्यवसायी महासंघका उपाध्यक्ष मृगेन्द्रगोविन्द श्रेष्ठले बालगृहलाई संघले आगामी दिनमा पनि सहयोग गर्दै जाने बताए । मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष गिरीराज पौडेलले बालगृहलाई केही भए पनि सहयोग गर्न पाउँदा संघ खुशी भएको बताए ।
मदिरा व्यवसायी महासंघ रुपन्देहीका अध्यक्ष तथा मदिरा व्यवसायी महासंघका पूर्व उपाध्यक्ष खिम बहादुर खत्रीले स्थापनाकालदेखि नै संघले सामाजिक कार्यहरुलाई निरन्तरता दिदै आएको बताए ।
मदिरा व्यवसायी महासंघका पूर्व महासचिव विष्णु खड्काले संघले यस्ता कार्यहरुलाई निरन्तरता दिदै जानुपर्नेमा जोड दिए । सिद्धार्थ बालगृहका सञ्चालक कृष्णमाया गुरुङले प्रत्येक वर्ष विभिन्न संघ–संस्थाले बालगृहलाई सहयोग गर्दै आएको बताइन् ।
मदिरा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष शम्भु प्रसाद भट्टराईको अध्यक्षता, कार्यक्रम संयोजक भागिरथ पाण्डेको स्वागत तथा महासचिव हिमालय भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सोही कार्यक्रममा मदिरा व्यवसायी महासंघका पूर्व महासचिव विष्णु खड्का र एशोसिएट सदस्य अशोक महर्जनले बालगृहलाई नगद ५ हजार प्रदान गरेका थिए । वि.सं. २०६५ सालमा स्थापना भएको मदिरा व्यवसायी संघमा हाल ४ सय जना व्यवसायीहरु आबद्ध छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij