
सोमवार , माघ २, २०७९
काठमाडौं, २ माघ । सेयर बजार सोमबार बन्द हुने भएको छ ।
सरकारले आइतबार पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिएको छ, सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।
आइतबार माघ १ गते पनि सरकारले माघे संक्रान्तिको अवसरम सार्वजनिक विदा दिएको थियो । यसअघि बिहीबार नेप्से सूचक ४१.०४ अंकले घटेर २१४९.३९ विन्दुमा अडिएको छ । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । न्यूज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij