२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

हरियाली सहकारीको २५ औं साधारणसभा सम्पन्न

सहकारीको विकासबाट मुलुकको आर्थिक विकासमा टेवा पुग्छ : खाण

आइतवार , माघ १, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • बुटवल, १ माघ । 
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमख तथा नेपाल सहकारी बोर्डका संचालक रामकृष्ण खाणले सहकारीको विकासबाट मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । बुटवलस्थित हरियाली बहुउद्देस्सिय सहकारी संस्थाको २५ औं साधारणसभाको उद्घाटन गर्दै नगरप्रमुख खाणले नेपालको सहकारी आन्दोलन सफलतातर्फ उन्मुख भएको उल्लेख गरे । 

    नेपालमा सहकारीको विकासबाट निम्न र निम्नमध्यम वर्गीय समुदायका जनताको आर्थिक र सामाजिक विकासमा टेवा पुर्याएको भन्दै सहकारी बोर्डका सञ्चालक समेत रहेका मेयर खाणले अब सहकारीहरुको लगानी उत्पादनमुलक क्षेत्रमा हुनुपर्नेमा जोड दिए । उनले भने, ‘सहकारी आर्थिक विकासको मेरुदण्ड हो । ’

    वि.सं. २०५४ सालमा स्थापना भएको सो सहकारीको सदस्य संख्या ५ सय ३४ र वार्षिक बजेट करिब ५ करोड रहेको अध्यक्ष सिद्धार्थ कुमार उदयद्वारा साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सो अवसरमा सहकारीका अध्यक्ष सिद्धार्थकुमार उदय, पूर्वअध्यक्ष आशा श्रेष्ठ, सल्लाहकार हरिध्वज मल्ल, उपाध्यक्ष बेधानिधि रिजाल, सचिव राजु भारी, कोषाध्यक्ष प्रदिपमान सिमांगैडा, सदस्य सुरेश बज्राचार्यलगायतले सहकारीले आफ्ना सदस्यहरुको मात्र नभइ समाजकै बिकासमा योगदान पुर्याएको चर्चा गरेका थिए । 

    कार्यक्रममा सहकारीका जेष्ठ सदस्य, असल ऋणी, सदस्य परिवारका जेहन्दार विद्यार्थीहरु र असल सदस्यलाई सम्मान गरिएको थियो । ए-प्लस ग्रेड लिएर गत वर्ष एसईई उत्तीर्ण सहकारीका सदस्य परिवारका ३ जना विद्यार्थीहरुलाई पनि सो अवसरमा पुरस्कृत गरिएको थियो ।