२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

सुनको मूल्य बिहीबार २ सय रुपैयाँले बढ्यो

बिहिवार , पौष २८, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, २८ पुस ।  सुनको मूल्य बिहीबार तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ९ सय रुपैयाँ तोकिएको हो । अघिल्लो दिन तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेका छ । चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम रहेको थियो । न्युज कारखाना