२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

एनआइसी एसिया बैंकद्वारा क्यास डिपोजिट मेसिन सञ्चालनमा

बुधवार , पौष २७, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, २७ पुस ।  एनआइसी एसिया बैंकले क्यास डिपोजिट मेसिन (सिडिएम) सञ्चालनमा ल्याएको छ । क्यास डिपोजिट मेसिनबाट भाैचर नभरी खाता र मोबाइल नम्बरका आधारमा खातामा रकम जम्मा गर्न सकिने बैंकले जनाएकाे छ ।  

    बैंकले देशका विभिन्न स्थानमा १० वटा मेसिन सञ्चालनमा ल्याएको हो । काठमाडौंस्थित न्युरोड बिशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिष्टर्ड अफिस (थापाथली) शाखामा मेसिन सञ्चालनमा ल्याएको छ ।

    रुपन्देहीस्थित बुटबल शाखा, कास्कीस्थित पोखरा महेन्द्रपुल शाखा, कैलालीस्थित धनगढी चौराहा शाखा, मोरङस्थित विराटनगर शाखा र पर्सास्थित वीरगञ्ज शाखामा पनि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको जनाएकाे छ । 

    उक्त मेसिनमा ५०० र १०० दरका नोटहरू गरी एक पटकमा अधिकतम ९९ हजार ५०० र दैनिक अधिकतम ९ लाख ९९ हजार ५०० रुपैयाँसम्म जम्मा गर्न सकिने बैंकले जनाएको छ । 

    रकम जम्मा गर्दा खातावाला वा अन्य व्यक्तिले सो मेसिनमा ट्याप गरी बचतकर्ताले उक्त मेसिनमा आफ्नो मोबाइल नम्बर र खाता नम्बर उल्लेख गरेपछि निजको मोबाइलमा अस्थायी पासवर्ड (ओटिपी) कोड प्राप्त हुनेछ।

    बचतकर्ताले उक्त कोड क्यास डिपोजिट मेसिनमा टाइप गरेपछि उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद राखेपछि रकम गनेर खातामा जम्मा गर्नासाथ क्यास स्लिप अथवा मोबाइलमा डिपोजिट भएको जानकारी प्राप्त हुनेछ । न्युज कारखाना