२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

सुनको मूल्य ४०० रुपैयाँले घट्योे

मंगलवार , पौष २६, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौं, २६ पुस ।  सुनको मूल्य मंगलबार तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

    तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । 

    मंगलबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।