२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

सेयर बजार निरन्तर उकालोमा, पाँच अर्बभन्दा बढीको कारोबार

सोमवार , पौष २५, २०७९

  • 2.4K
    Shares
  • काठमाडौं, २५ पुस । साताको दोस्राे कारोबार दिन सोमबार पनि सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचकमा ४६.७६ अंकले वृद्धि भई २२११.३८ विन्दुमा पुगेकाे हाे । आज २.१६ प्रतिशतले सेयर बजार बढेको छ।

    आइतबार सेयर बजारमा २०.५५ अंककाे वृद्धि भएकाे थियो भने पाँच अर्बभन्दा बढीको कारोबार भएको थियो । 

    सोमबार २५७ कम्पनीको कारोबार हुँदा एक करोड ४६ लाख ७६ हजार २०६ कित्ता सेयर किनबेच भयाे । यस्तै, पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।

    आज रिडी पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएकाे छ । यस कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । 

    यता, वरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी जलविद्युत, जोशी हाइड्रोपावर, हिमालयन उर्जा, युनियन हाइड्राेपावर, सिंगटी हाइड्रो इनर्जी र खप्तड लघुवित्तमा १० प्रतिशतले वृद्धि भएको हो ।  

    कुल १७३ कम्पनीमा उकलो लागेको छ भने ३१ कम्पनीमा ओरालो लागेको छ । ६ कम्पनीकाे मूल्य भने स्थिर रहेको छ । 

    आज १३ उपसुचकमध्ये होटल तथा पर्यटनबाहेका सबै उपसुचकमा हरियाली छाएको छ ।  न्युज कारखाना