२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

संसार सहकारीको साधारणसभा सम्पन्न

आइतवार , पौष २४, २०७९

बुटवल, २४ पुस ।
संसार बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल–११, को १० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणाखर खनालले सहकारीहरुले स्थानीय जनसमुदायको आर्थिक स्थिति सुधारमा निकै महत्वपूर्ण कार्य गरिरहेको बताए । सहकारीले स्थानीय सबै जनसमुदायलाई समेटेर उनीहरुको आर्थिक उपार्जनका लागि लगानी गर्नुपर्ने पनि उनले सुझाए । 

कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष प्रकाश भट्टराईले सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनस्तर उकास्नका लागि व्यवसायिक रणनीति योजना निर्माण गरी अगाडी बढ्ने प्रतिवद्धता जनाए । साथै युवा तथा साना व्यवसायी स्वरोजगार कोष तथा अन्य वित्तीय संस्थाहरुसँग सहकार्य गरी सदस्यहरुलाई सहुलियत ऋणको व्यवस्था गरिने पनि उनले बताए । 

कार्यक्रममा बचत तथा ऋण सहकारी संघका सञ्चालक तथा संस्थाका निवर्तमान अध्यक्ष बिष्णु प्रसाद वस्ती, राष्ट्रिय सहकारी बैंक बुटवलका शाखा प्रमुख नारायण बेल्बासे र एम्स कलेज बुटवलका प्रमुख दीपक ढकाल, सहज बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विशाल बेल्बासे लगायतले बोलेका थिए ।

कार्यक्रममा उत्कृष्ट शेयर सदस्य बृद्धिमा प्रेम प्रसाद पाण्डे, उत्कृष्ट ऋणीमा लोक बहादुर थापा र उत्कष्ट बचतकर्तामा शेखर नेपाललाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारी सम्मानबाट पूर्व व्यवस्थापक सुमन पाण्डे र पूर्व कर्मचारी उषा पन्थीलाई सम्मान गरिएको थियो । 

कार्यक्रम संस्थाका अध्यक्ष प्रकाश भट्टराईको अध्यक्षता, उपाध्यक्ष पदम प्रसाद न्यौपानेको स्वागत तथा सचिव राजेश खत्रीको संचालनमा सम्पन्न भएको थियो । डिभिजन सहकारी कार्यलय रुपन्देही २०६९ सालमा विधिवत दर्ता भइ बुटवल–११ देवीनगरबाट सेवा प्रदान गर्दै आएको यस सहकारीले एक दशकको अवधिमा १०३४ शेयर सदस्यहरुलाई आवद्ध गराई सेवा प्रदान गर्दै आइरहेको छ ।  साथै हाल तिलोत्तमास्थित मणिग्राम सेवा केन्द्रबाट पनि सेवा प्रदान गर्दै आइरहेको छ ।