
बिहिवार , पौष २१, २०७९
भैरहवा, २१ पुस ।
होटल व्यवसायी महासंघ–नेपालको १० औं वार्षिक साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशन मंगलबार र बुधबार चितवनको भरतपुुरमा सम्पन्न भएको छ । महाधिवेशनले भैरहवाका राजेश महोत्रालाई उपमहासचिवमा सर्वसम्मत निर्वाचित गरेको हो । महोत्रा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका महासचिव हुन् । उनी भैरहवास्थित होटल सन स्टार इन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक समेत हुन् ।
त्यस्तै केन्द्रीय सदस्यमा भैरहवाका रामप्रसाद पोखरेल निर्वाचित भएका छन् । उनी होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष हुन् ।
त्यस्तै महासंघको केन्द्रीय अध्यक्षमा चितवनका दिनेशकुमार चुके निर्वाचित भएका छन् । महासंघको वरिष्ठ उपाध्यक्षमा शेर बहादुर थापा, प्रशासन (संगठन) उपाध्यक्षमा वीरञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती, उपाध्यक्षमा भाईचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तीलक बहादुर कार्की र देवी गौतम निर्वाचित भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा धनादेवी चोखाल र महासचिवमा तुल्सीराम भण्डारी निर्वाचित भएका छन् ।
त्यसै गरी सचिवमा राजु अधिकारी, कमल बहादुर बम, धनेश्वर भण्डारी, तारा प्रसाद आचार्य, जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन, मित्र प्रसाद ढकाल, कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ र सह–कोषाध्यक्षमा सुदिपकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij