
आइतवार , पौष १७, २०७९
बुटवल, १७ पुस ।
बुटवल–९ मा मुख्य कार्यालय रहेको ग्लोबल बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै सहकारीले आफ्नो प्रथम साधारणसभा मनाएको हो।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका उपाध्यक्ष कृष्ण चौहान क्षत्रीले सहकारीले लगानी गर्दा ध्यान दिनुपर्ने बताउदै फिर्ता हुने र लगानी उठ्ने गरी लगानी गर्न आग्रह गरे।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका सहकारी प्रमुख गुनाखर खनालले बुटवल उपमहानगरले सहकारीहरुको अनुगमन तथा आवश्यक नीति कार्यक्रमहरु तयार पारिरहेको बताए ।
सहकारीका अध्यक्ष पदम लाल घिमिरेको अध्यक्षता, कार्यक्रम संयोजक तथा उपाध्यक्ष थानेश्वर बस्यालको स्वागत तथा सचिव खगेश्वर भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सल्लाहकार दिनेश फुल्लेल, सेयर सदस्य लुकराज न्यौपाने लगायतले बोलेका थिए ।
संस्था सञ्चालनको ७ महिनाको अवधिमा नै ५ सय ७४ जना सदस्य तथा ३ करोड भन्दा बढी पूँजी पुगेको सहकारीका व्यवस्थापक लक्ष्मण रेग्मीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij