२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

बसन्तपुर साना किसान सहकारी संस्थाको पाँचौ साधारणसभा 

शनिवार , पौष १६, २०७९

  • 6.1K
    Shares
  • 6.1K
    Shares
  • भैरहवा, १६ पुस । 
    बसन्तपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । २०७५ साल आसोज ११ गते ओमसतिया गाउँपालिकाको सहकारी शाखामा दर्ता भएको बसन्तपुर साना किसान सहकारीमा ६ सय २ जना शेयर सदस्य रहेको अध्यक्ष अनिता वाग्ले ज्ञवालीले बताइन । ६ सय २ जनामध्ये १८ जना मात्र पुरुष रहेको र बाँकी सबै महिला शेयर सदस्य रहेको उनले बताइन । त्यस्तै संस्था पूँजी ५ करोड १२ लाख रहेको ज्ञवालीले जानकारी दिइन ।

    साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत, छलफल र अनुमोदन, लेखा समितिको प्रतिवेदन प्रस्तुत र अनुमोदन, आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत, छलफल र अनुमोदन, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने, अनुमानित बजेट प्रस्तुत र स्वीकृति सम्बन्धमा, शेयर लाभांश वितरण सम्बन्धमा र ब्याजदर सम्बन्धमा छलफल भएको संस्थाका व्यवस्थापक अजय कुमार पाण्डेले बताए ।

    साधारणसभामा बोल्दै ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले स्थानीय सहकारीमा लगानी गर्न अनुरोध गरे । उनले वर्तमान परिस्थितिमा सहकारीका ग्राहकहरु आफ्नै सहकारीबाट डराउनुपर्ने अवस्था रहेको र कतिपय सहकारीहरुले निक्षेपकर्ताहरुको रकम फिर्ता गर्न नसकिरहेको अवस्थामा स्थानीय सहकारीमा लगानी गर्न आग्रह गरे । उद्देश्य भन्दा बाहिर गइ बढी ब्याजको लोभमा सहकारीमा पैसा जम्मा गर्नेहरु अहिले नोक्सानमा परिरहेका बताउँदै उनले सहकारीहरु पनि आकर्षक नारा ल्याइ ग्राहक बढाउने र गैरउत्पादन मुलक काममा लगानी गर्दा अहिलेको अवस्था आएको बताए ।

    संस्थाकी अध्यक्ष अनिता वाग्ले ज्ञवालीको अध्यक्षता, गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) को प्रमुख आतिथ्यताम सम्पन्न कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष अखिलेश्वर शुक्ल, कोटिहवा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नारायण अर्याल, गोर्खा एनर्जीका माधव बन्जाडे लगायतले बोलेका थिए । संस्थाका उपाध्यक्ष हरिराम हरिजनको स्वागत तथा व्यवस्थापक अजय कुमार पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।