
शनिवार , पौष १६, २०७९
बुटवल, १६ पुस ।
नेपाल उद्योग संघ जिल्ला शाखा रुपन्देहीको साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कृष्ण पराजुलीको अध्यक्षतामा २५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा शिवकुमार पाठक र सरला भण्डारी, सचिवमा यादव भण्डारी, कोषाध्यक्षमा युवराज आचार्य, सह–सचिवमा रमेश चन्द्र रेग्मी र पार्वती गिरी रहेका छन् ।
त्यसै गरी सदस्यहरुमा अखिलेश कसौधन, गोपाल खनाल, अशोक कुँवर, नारायणप्रसाद श्रेष्ठ, अशोक आचार्य, माया भट्टराई, किस्मत पाण्डे, देवीराम पाण्डे, विशाल बेल्बासे, रमेश आचार्य, जागेश्वर पंगेनी, तारा पन्त, शिवलाल लम्साल, धनिश्वर आचार्य, भीमलाल भट्टराई, टुमनाथ कंडेल, टंक नारायण आचार्य र विनोद कुमार अधिकारी रहेका छन ।
नेपाल उद्योग संघ रुपन्देहीका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षता तथा नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै अध्यक्ष केसीले उद्योगीका हकअधिकारको लागि पार्टीले सधै आवाज उठाउदै आएको बताए । उनले निजी क्षेत्रमा देखिएका समस्या समाधानको लागि सबै एकजुट हुनुपर्ने बताए । त्यस्तै अध्यक्ष श्रेष्ठले उद्योग मैत्री बाताबरण बनाउन सरकार संग आग्रह गरे ।
सो असवरमा एमाले जिल्ला सचिव यज्ञ गैरे, उपसचिव चित्र बहादुर कार्की, बुटवल नगर अध्यक्ष किसन ज्ञवाली, उद्योग व्यवसायी महासंघका केन्द्रीय सचिव बालाराम भट्टराई, महासंघका प्रदेश अध्यक्ष माधव नेपाल, केशव पन्थी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव बाबुराम बोहोराले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij