२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

नेपाल बैंकर एशोसिएसन लुम्बिनीको संयोजकमा नविन बिष्ट 

बिहिवार , पौष १४, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • बुटवल, १४ पुस ।
    नेपाल बैंकर एशोसिएसन (एनबिए) लुम्बिनी प्रदेशको संयोजकमा एनएमबी बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख नविन बिष्ट चयन भएका छन् ।  

    एशोसियसनको सह–संयोजकमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख सुमिर शम्सेर जबरा, एशोसियसनको सदस्य सचिवमा हिमालयन बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख अनुसुया बस्न्यात चयन भएका छन् ।

    एशोसिएसनको प्रदेश सदस्यहरुमा प्रभु बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख–  सुवास कुवर, नेपाल एसबीआइ बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख शिव दाहाल र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख सुशील कुमार नेपाल भयन भएका छन् ।

    संयोजकमा चयन भएका नविन बिष्ट झण्डै डेढ दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रहेका छन् । एशोसिएसनले आगामी दिनहरूमा लुम्बिनी प्रदेशमा अन्तर बैंक सम्बन्ध एवं लुम्बिनी प्रदेशमा रहेका बैंकका कर्मचारीहरु बीच दिगो सम्बन्ध स्थापित गर्ने बताए । उनले वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य तथा शिक्षा क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरू ल्याइने जानकारी दिए ।