२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’

बिहिवार , पौष १४, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, १४ पुस ।  सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत पाटनमा दिएको पुनरावेदनको बिहीबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ । 

    जिल्ला अदालत काठमाडौंको पुर्पक्षका लागि थुनामा पठाउन आदेशविरुछ लामिछानेले दिएको पुनरावेदनमाथि बिहीबार सुनुवाइका लागि पेसी तोकिएको थियो । 

    उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको छ । 

    नाबालिका बलात्कारको अभियोगमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उक्त आदेश बेरितको रहेको जिकीर गर्दै लामिछानेले सो आदेश बदरको माग राखेर उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । न्युज कारखाना