२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

सन्दीप लाछिानेको मुद्दाको सुनुवाइ पाँचौँ नम्बरमा

बिहिवार , पौष १४, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, १४ पुस । आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले दिएको पुनरावेदनमा सुनुवाइ हुँदै छ । 

    काठमाडौं जिल्ला अदालतले दिएको आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । उक्त पुनरावेदनमाथि बिहीबार सुनुवाइ हुँदै छ । 

    बिहीबार उच्च अदालत पाटनमा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासको पाँचौँ नम्बरमा सुनुवाइ तोकिएको छ ।

    आफूलाई थुनामा पठाउने आदेश बेरित रहेको भन्दै बदरको माग राखेर सन्दीपले पुनरावेदन दिएका हुन् । सुनुवाइपछि इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामै राख्ने वा पुर्पक्षका लागि धरौटी रिहा गर्ने भन्ने आदेश गर्नेछ । 

    यसअिघ सन्दीप र सरकारी वकिल दुवै पक्षबाट बहस हुनेछ । बहस सकिएपछि इजलासले आदेश दिनेछ । न्युज कारखाना