२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

लुम्बिनी जनरल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने

बिहिवार , पौष १४, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं, १४ पुस । लुम्बिनी जनरल इन्सुरेन्सले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।

    कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई कम्पनीको चुक्ता पूंजी एक अर्ब ३१ करोड २७ लाख ८४ हजार ५५० को ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

    प्रस्तावित वित्तीय विवरणहरू नियामक निकाय नेपाल बिमा प्राधिकरण र लुम्बिनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुने कम्पनीले जनाएको छ । न्युज कारखाना