२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियशनमा गैरे

बिहिवार , पौष १४, २०७९

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा । पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियशनको ८ औ अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । एशोसियशनका बरिष्ठ उपाध्यक्ष हिमाल गैरेको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ । 

    जसको वरिष्ठ उपाध्यक्षमा योगेन्द्र गुप्ता, प्रथम उपाध्यक्षमा रजनीश राज आचार्य, द्वितीय उपाध्यक्षमा गोपालप्रसाद बस्याल, महासचिवमा हरिराम कसौधन निर्वाचित भएका छन् । 

    त्यस्तै सस्थाको कोषाध्यक्षमा विशाल गैरे, सचिवमा डासिराम अधिकारी, सहकोषाध्यक्षमा लोकप्रसाद भुसाल, सहसचिवमा घनश्यामप्रसाद कान्दु निर्वाचित भएका छन् ।

    त्यस्तै सदस्यहरुमा दुर्गाप्रसाद चापागाई, भतरजङ्ग कुवँर, सुखराम बर्मा सोनार, प्रदिपकुमार कानोडिया, विजयकुमार जयसवाल, नारायणबहादुर विष्ट, सुनिल थापा, दिनेशकुमार कसौधन, मोहम्मद अस्लाम खान निर्वाचित भएका छन् ।  

    एशोसियशनको जिल्ला प्रतिनीधि सदस्यमा रुपन्देहीबाट अभिषेक भारी, नवलपरासीबाट राजेशकुमार गुप्ता, कपिलबस्तुबाट ढुण्डिराज अधिकारी, अर्घाखाँची–गुल्मीबाट कृष्णप्रसाद भुसाल, पाल्पा–स्याङ्जाबाट ज्ञानप्रसाद भट्टराई निर्वाचित भएको निर्वाचन अधिकृत खिमानन्द भट्टराईले जानकारी दिए। 
    त्यस्तै तीन सदस्यीय लेखा समितिको संयोजकमा बृजेन्द्रकुमार कसौधन तथा सदस्यहरुमा नवराज भट्टराई र विष्णुप्रसाद यादव निर्वाचित भएका छन् ।