बुधवार , पौष १३, २०७९
भैरहवा, १३ पुस । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ मा ३ करोडको लगानीमा द स्याजी रेष्टुरेन्ट एण्ड लज सञ्चालनमा आएको छ । यसअघि बुटवल–बेलहिया ६ लेन सडकअन्तर्गत अञ्चलपुरमा सडकसँगै रहेको आयुष–आर्यन कोल्ड ड्रिंक्सको नाम परिवर्तन गरेर नयाँ साजसज्जासहित प्रदर्शनीस्थल (मेला लाग्ने स्थान) नजिकै रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको लगानीकर्ता लोक बहादुर बस्नेतले बताए ।
बस्तेनकाअनुसार बर्मेली भाषामा ‘स्याजी’को अर्थ ‘मित्र’ हो । उनले भने ‘यसको स्वाद र सेवा पुरानै हो । अहिले ठाउँ र नाम मात्र परिवर्तन गरिएको हो ।’ रेष्टुरेण्टमा बर्मेली स्वादको महिगा फिस सुप उपलब्ध रहेको बस्नेतले जानकारी दिए ।
उनले भने, ‘खानामा पाइने क्यालोरी सुपमा उपलब्ध छ ।’ यो तयार गर्न भुटेको बेसन, लसुन–प्याज फ्राई र चना भुटेको मिसाइन्छ । ’त्यसपछि माछाका पिसलाई प्रेसर कुकरमा सिठी लगाएर सुप तयार गरिने उनले बताए । उनले भने, ‘यो सुप काँडाबिहीन हुन्छ, सबै उमेर समूहले पिउन मिल्छ ।’ ’ रेष्टुरेण्टमा हाँसको छोयला, माछा फ्राई, खसीको टाउको, चिकन अचार लगायत भेज र नन–भेज खाना उपलब्ध रहेको बस्नेतले जानकारी दिए ।
उनकाअनुसार अहिले रेष्टुरेन्टमा ३७ जना अट्ने आकर्षक हल छ । यहाँ एउटा १६ र अर्को १२ जना अटने सुविधायुक्त क्याबीन रहेका छन् । उनले भने, ‘१५ वर्ष सडक किनारमा चलाए। अहिले आफ्नै लगानीमा घर निर्माण गरेर सञ्चालनमा ल्याएको हुँ । तत्काल चारवटा सुविधासम्पन्न कोठा उपलब्ध रहेको उनले बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij