२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

खुमलटारको कौसीमा प्रचण्ड र ओली

बुधवार , पौष १३, २०७९

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा बुधबार ओली पुगेका हुन् । 

    सत्ता साझेदार दुई दल माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारसहित राजनीतिक, समसामयिकलगायतका विषयका कुराकानी भएको छ ।  

    ‘खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज भेटवार्ता भएको हो,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

    उक्त भेटमा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको छ । 

    newskarkahna-news432801..jpg

    तस्बिर सौजन्य : प्रधानमन्त्री प्रचण्डको सचिवालय