२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

बागमती प्रदेश कांग्रेस दलको नेतामा बहादुरसिंह लामा र इन्द्र बानियाँको उम्मेदवारी

बुधवार , पौष १३, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • हेटौँडा, १३ पुस । कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेतामा दुईजनाको उम्मेदवारी परेको छ । बुधबार हुने दलको नेताको निर्वाचनका लागि बहादुरसिंह लामा र इन्द्र बानियाँको उम्मेदवारी दर्ता गरेका हुन् । 

    लामा केन्द्रीय सदस्य हुन् । बानियाँ कांग्रेस बागमतीका सभापति हुन् । उनी यसअघि दलकाे नेता थिए ।

    दुवै सभापति शेरबहादुर देउवा पक्षधर नेता हुन् । बुधबार बिहान ८ देखि १० बजेसम्म मनोनयन दर्ताको समय थियो । उक्त समयमा बानियाँ र लामाले उम्मेदवारी दिएका हुन् । लामाकाे प्रस्तावकमा अर्का केन्द्रीय सदस्य कुन्दनराज काफ्ले प्रस्तावक, उर्मिला केसी नेपाल, तीर्थ लामा र रामकृष्ण चित्रकार समर्थक छन् ।

    यसअघि प्रतिनिधिसभा सदस्य भइसकेकाले लामालाई दलको नेता बनाउन अहिले कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, मदनकृष्ण श्रेष्ठ हेटौंडा पुगेका छन् । 

    कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय परिसर हेटौँडामा बुधबार दिउँसो २ देखि ३ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । न्युज कारखाना