२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

पहिलो भ्रमण भारत हुन सक्छ : प्रधानमन्त्री दाहाल

बुधवार , पौष १३, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौं, १३ पुस ।

    प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने संकेत गरेका छन् । प्रधानमन्त्री दाहालले भारतीय टेलिभिजन च्यानल एबीपी न्यूजलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने सम्भावना रहेको बताएका हुन् ।

    आफूलाई पहिलो पटक जहाँबाट भ्रमणको निम्तो आउँछ, म त्यहीँ नै जाने प्रचण्डले बताए ।

    दाहाल पहिलो पटक प्रधानमन्त्री हुँदा सन् २००८ मा पहिलो पटक भारतको भ्रमण नगरिकन बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा चीन पुगेका थिए । नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारतबाट सुरु गर्ने परम्परालाई उनले तोडेका थिए । 

    दाहालले अन्तर्वार्तामा आफू प्रधानमन्त्रीको रुपमा सोमबार नियुक्त भएलगत्तै भारतीय पक्षबाट पहिलो पटक बधाई आएको बताए । न्युज कारखाना