२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

प्रदेश राजधानी कार्यान्वयन लुम्बिनी प्रदेश सरकारको उपलब्धि

मंगलवार , पौष १२, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • बुटवल, १२ पुस  ।

    लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी कार्यान्वयनको विषयलाई मुख्य उपलब्धिको रुपमा लिएको छ । प्रदेश सरकारका गौरवका आयोजनाको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा मुख्य उपलव्धिका रुपमा राजधानी कार्यान्वयनलाई  लिइएको हो  । 

    प्रदेश सरकारको गौरवको आयोजना लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँकेको खजुरामा स्थापना गरी काम तीव्रताका साथ अघि बढाइएको, लुम्बिनी प्रदेशको प्रादेशिक अस्पताललाई विशेषज्ञसहित देशकै नमूना अस्पताल निर्माण गर्न काम अघि बढाइएको प्रदेश सरकारले जनाएको छ ।

    त्यसैगरी  मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागु गरी प्रदेशका १०९ वटै पालिकामा संचालन गर्दा यसले सकारात्मक परिणाम दिएको निष्कर्ष प्रदेश सरकारको छ । 

    लुम्बिनी प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले सरकारले यातायातको विस्तार गरेको, स्वास्थ्य र शिक्षा क्षेत्रमा नमूना कामहरु गरेको बताए  ।

    वर्तमान सरकारले पाँच वर्षे कार्यकालकै स्वामित्व लिन तयार हुनुपर्ने भन्दै उनले शुन्यबाट सुरु भएको प्रदेश सरकार र प्रदेश सभाका कामहरु अब सुविधासम्पन्न र आफ्नै भवनबाट गर्ने गरी काम गरेको बताए  । 

    सरकारका प्रवक्ता समेत रहेका मन्त्री शर्माले लुम्बिनी प्रदेश सरकारको पाँच बर्षे कार्यकाल राजधानी कार्यान्वयनमै वढी केन्द्रित रहे पनि भौतिक पूर्वाधारको क्षेत्र र जनजीविकाका सवालमा गरेका कामलाई लिपिबद्ध प्रस्तुत गरेको बताए । 

    कार्यक्रममा जेष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघ दाङका सस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले नयाँ र सबैको पायक पर्ने स्थानमा प्रदेशको राजधानी तोकेर हिम्मतका साथ काम गर्नु नै प्रदेश सरकारको मुख्य उपलब्धिको रुपमा आफुले लिएको बताए । न्युज कारखाना