२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

रुपन्देहीका क्रसर उद्योगमा अनुगमन 

मंगलवार , पौष १२, २०७९

रुपन्देही, १२ पुस । 
रुपन्देहीका क्रसर उद्योगहरुको अनुगमन तथा निरीक्षण गरिएको छ । तिनाउ खोला नजिक रहेका क्रसर उद्योगहरुको अनुगमन तथा निरीक्षण गरिएको हो । 

सियारी गाउँपालिकाभित्र पर्ने ९ वटा उद्योगहरुमा अनुगमन तथा निरीक्षण गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । पालिकाभित्र पर्ने ती क्रसर उद्योगहरुबाट पालिकाले पाउनुपर्ने राजस्व संकलन नभएको तथा खोलाबाट चोरी निकासी भएको खबर पाएपछि उद्योगको अनुगमन गरिएको अध्यक्ष घिमिरेले बताए ।  

पालिका अध्यक्ष घिमिरेसहित उपाध्यक्ष एवं अनुगमन समिति संयोजक तारा थारु, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, लेखा अधिकृत नारायण प्रसाद पौडेल लगायतले अनुगमन तथा निरीक्षण गर्दै बाँकी वक्यौता तिर्न आग्रह गरे । 

सियारीभित्र पर्ने अधिकांश क्रसर उद्योगहरुले विगतका वर्षदेखि नै राजश्व नतिरेको भन्दै ७ दिनभित्र बुझाउन आग्रह गरिएको अध्यक्ष तथा अनुगमन समिति संयोजक तारा थारुले जानकारी दिइन् ।